‘फरार’ सुरक्षामा प्रहरी

‘फरार’ सुरक्षामा प्रहरी

Play all audios:

Loading...

काठमाडौं — प्रहरीको रेकर्डमा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साह अपहरण घटनाका फरार आरोपित हुन् । जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता भएको जाहेरीका आधारमा उनीविरुद्ध ७५ वटै जिल्ला प्रहरी


कार्यालयमा खोजतलासको पत्र पुगेको एक महिना नाघिसक्यो । <?xml encoding="UTF-8"??> फरार भनिएका साह भने प्रहरीकै सुरक्षामा राजधानीमै छन् । माओवादी केन्द्रका नेतासमेत रहेका साहलाई


पूर्वमन्त्रीको हैसियतमा सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयले अंगरक्षक गणका प्रहरी हवल्दार वीरबहादुर गोलेलाई खटाएको छ ।जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय


लहानका इन्जिनियर देवानन्द मण्डलको जाहेरीका आधारमा सिरहा प्रहरीले साहसहित माओवादी केन्द्रका चार जना नेताविरुद्ध अपहरण तथा शरीर बन्धकमा जाहेरी दर्ता गरेको छ । मैनाबती नदी नियन्त्रणका लागि


जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानले छुट्टयाएको ५० लाख बजेट खर्चको विषयमा मण्डल र साहबीच विवाद बढेको थियो । छलफल गर्ने भन्दै साहलगायत माओवादी केन्द्रका नेताले गत भदौ ४ आफूलाई


अपहरण गरी जबर्जस्ती ५ लाखको कागजमा हस्ताक्षर गराएको भन्दै इन्जिनियर मण्डलले प्रहरीमा जाहेरी दिएका थिए । मण्डलको दाबीअनुसार पूर्वमन्त्री साहले आफ्नो घर बोलाएर हतियार देखाई बन्धक बनाएर कागज


गर्न लगाएका थिए । मण्डलको निवेदनका आधारमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले प्रहरीमा निवेदन दिएको थियो । घटनाबारे भदौ ८ गते जाहेरी आएपछि प्रहरीले दर्ता गरी उनको खोजीका लागि साहसहित


माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापरको तीनपुस्ते विवरण उल्लेख गरी ९ गते प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो । सिरहाको पत्रका आधारमा प्रहरी प्रधान


कार्यालयबाट सबै जिल्ला प्रहरी कार्यालयमा साहलगायतको खोजतलास गर्न पत्र सर्कुलर भइसकेको छ । तर, एक महिना बित्दा पनि आफ्नै संगठनको सदस्यको सुरक्षा घेरामा रहेका साहलाई प्रहरीले फेला पारेको छैन 


।प्रधान कार्यालयको रेकर्डअनुसार ‘अपहरणका फरार’ सूचीमा रहेका साहको सुरक्षामा अहिले उनै गोले खटिएका छन् । स्रोतका अनुसार साह र गोले दुवै राजधानीमा छन् । साह काठमाडौं नयाँ बानेश्वरको संगमचोक


क्षेत्रमा बस्ने गरेका छन् । बडिगार्ड सँगै भए पनि साह संगठनको सूचीमा भने अझै फरारै छन् । आफ्नो दलको नेताविरुद्ध प्रहरीमा परेको जाहेरी निष्क्रिय बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा


गृहमन्त्री निधिले प्रहरीलाई निर्देशन दिँदा विवाद बढेको थियो । अनुसन्धान प्रक्रिया अगाडि नबढाउन आफूले दिएको निर्देशन नमानेको भन्दै गृहमन्त्री निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले गत


सोमबार सिरहाका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीलाई पेसीमा मन्त्रालय झिकाएका थिए । अपराधमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन गृहमन्त्रीले दबाब दिएको सार्वजनिक भएसँगै आलोचना बढेपछि गृहले


ज्ञवालीलाई सिरहामै पठाउन निर्देशन दिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी ज्ञवालीले मण्डलको जाहेरीमा नाम उल्लेख भएका व्यक्तिहरू फेला नपरेपछि खोजीका लागि प्रधान कार्यालयमा पत्र


पठाएको जानकारी दिए । ‘साहसहितका आरोपित नभेटिएपछि खोजीका लागि अन्य जिल्लामा परिपत्रका लागि प्रधान कार्यालयमा पत्र पठाएका थियौं,’ उनले भने, ‘उनी अझै फेला परेका छैनन् ।’ज्ञवालीले साहको


सुरक्षाका लागि सिरहाबाट कुनै प्रहरी कर्मचारी नखटिएको र अन्यत्र कतैबाट सुरक्षाकर्मी खटिएकोबारे आफूलाई जानकारी नभएको बताए ।प्रधान कार्यालय स्रोतका अनुसार अपहरणमा फरार साहको सुरक्षामा प्रहरी


कर्मचारी खटिइरहेको सूचना आएपछि त्यस विषयमा छलफल भए पनि कुनै निर्णय भने भएको छैन ।प्रहरी प्रवक्ता हेमन्त मल्लले अपराधमा जोडिएर फरार भएकाको सुरक्षामा प्रहरी कर्मचारी खटाउने नगरिएको प्रतिक्रिया


दिँदै साहको सुरक्षामा खटिएका प्रहरी अझै उनैसँग रहेको भन्ने विषयमा प्रधान कार्यालयले खोजबिन गर्ने बताए । प्रकाशित : कार्तिक ७, २०७३ ०८:१७ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३


पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व,


सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com