पानी होइन, पैसा बग्यो नहरमा

पानी होइन, पैसा बग्यो नहरमा

Play all audios:

Loading...

प्यूठान — लुगि्रमाडी सिंचाइ योजनामा हालसम्म झन्डै ९ करोडौं रकम खर्च भइसकेको छ । तर, आयोजन पूरा हुने अझै टुंगो छैन । <?xml encoding="UTF-8"??> लुगि्रमाडी सिंचाइ योजनामा


हालसम्म झन्डै ९ करोडौं रकम खर्च भइसकेको छ । तर, आयोजन पूरा हुने अझै टुंगो छैन । लागत र प्राविधिक पक्षको ख्यालै नगरी सुरु गरिएको यो महत्त्वाकांक्षी योजना वर्षौंदेखि उस्तै छ ।क्रमागत योजनाका


रूपमा सरकारले बर्सेनि रकम छुट्याउँदै आएको छ । त्यही अनुरूपले खर्च पनि हुन्छ । तर, योजनाको काम भने जस्ताको त्यस्तै छ । स्थानीय योजना कर्मचारीको कमाइ खाने भाँडो बनेको आरोप लगाउँछन् । तत्तकालीन


राजा वीरेन्द्रले ०४४ सालमा हुकुम बक्स भई योजनाको काम थालिएको थियो ।काम थालेको तीन दशकसम्म पनि नहरमा पानी बगेको छैन । बन्ला र सिंचाइ सुविधा उपभोग गर्न पाइएला भन्ने उपभोक्ताको विश्वास पनि


हट्दै गएको छ । दर्जनौं कार्यालय प्रमुख फेरिए । तर, योजना सम्पन भएर सारी गाविसको मुहार भने कहिल्यै फेरिएन । हिउँदमा बारी बाँझै र वषर्ातमा आकाश हेर्दै बस्नुपर्ने बाध्यता कायमै छ । स्थानीय


वृद्घ हेमलाल थापाले यो योजना कार्यालयका कर्मचारी र ठेकेदारको दुहुनो भँैसी भएको आरोप लागाउँछन् । 'बन्छ भने बनाउनु पर्‍यो । हुँदैन भने हुँदैन भन्नुपर्‍यो', उनले भने । ०६१/०६२ सम्म ४


करौंड ८५ लाख २४ हजार ४ सय ६४ रुपैयाँ ६२ पैसा खर्च भइसकेको छ । त्यसपछिको ४ करोड ९२ लाख ७७ हजार मध्ये झन्डै सबै खर्च भइसकेको छ । यस वर्ष ४० लाख आएको सिंचाइ कार्यालयले जनाएको छ । रोल्पास्थित


लुङ्ग्रीखोला मुहान रहेको योजनाको लम्बाई १२ दशमलव ९८९ किलोमिटर रहेको छ । एक किलोमिटरका लागि ४२ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । तर, नहरले नमस्ते भीर काट्न सकेको छैन ।बाह्रैमास पानी हुने


रोल्पाको लुङ्ग्रीखोलाबाट पानी ल्याई प्यूठानको सारी १, २ र ३ का ७ सय ६२ घरधुरीको २ सय ३० हेक्टर जमिनमा सिंचाइ गर्ने भनेर नहर बनाउन लागिएको थियो । १ सेकेन्डमा १२ सय ४० लिटर पानीको खोलो बगाई


गाविसको नै मुहार फेर्ने उद्देश्यले योजना थालियो,' सारीका हीरामणि भण्डारीले भने, 'नहरमा पैसाको खोलो बग्यो । पानीको खोलो कहिल्यै नबग्ने भो ।' अहिलेसम्म कति प्रतिशत काम भयो


ठ्याक्कै भन्न नसकिने सिंचाइ कार्यालयका प्रमुख शशिबहादुर बिष्टले बताए । कार्यालय प्रमुखले योजना यसै वर्ष बन्छ भनेर आश्वासन दिंदारहेछन्,' आइतबार लुङ्ग्रीमाडी अवलोनमा पुगेका बिष्टले


टेलिफोनमा भने, 'महत्त्वकांक्षी योजना भएकाले ढिलाइ भएको हुन सक्छ ।'उनले योजनास्थलमा पर्ने रोल्पाको मिझिङ गाविसको नमस्ते भीरमा कडा चट्टान परेकाले द्वन्द्वकालमा ब्लास्टिङ गर्न नपाउँदा


योजना लम्बिएको बताए । यस वर्ष पनि नहरको कामका लागि तीन प्याकेज बनाएर ठेक्का दिइएको छ । एउटा प्याकेजमा काम नै नभएको कार्यालयले जनाएको छ । जल उपभोक्ता समिति अध्यक्ष जागेश्वर भण्डारीले योजनामा


पहिले आर्थिक अनियमितता भएकाले हात्ती आयो, हात्ती आयो फुस्सा भएको आरेप लगाउँछन् । उनले भने, 'प्रत्येक वर्ष बजेट भाषणमा योजना पर्छ । पैसा पनि सकिन्छ तर काम हुदैन ।' मुहानबाट पानी


नचल्दै स्थानीयलाई पानी आउने विश्वास नभएको उनले बताए । प्रकाशित : चैत्र २७, २०६८ १३:१५ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु


हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका


समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा


अन्य प्रकाशनहरु © Copyright ekantipur.com