
समन्वयको अभावले दिल्लीमा नेपाल महोत्सव अनिश्चित
Play all audios:
नयाँ दिल्ली — दिल्लीस्थित नेपाली दुतावासले आयोजना गर्ने भनिएको नेपाल महोत्सव आन्तरिक समन्वयको अभावका कारण अनिश्चित भएको छ । पहिला फेब्रुअरी २५ र २६ मा महोत्सव आयोजना गर्ने तय भए पनि हुन सकेन
। <?xml encoding="UTF-8"??> तयारीको अभाव भन्दै पुन आगामी मार्च १७ र १८ मा महोत्सवको गर्ने मिति तय भएको थियो । यो मितिमा समेत महोत्सव नहुने लगभग निश्चित प्राय: भएको छ ।
दिल्लीस्थित दुतावास स्रोतका अनुसार नेपाल महोत्सव गर्ने विषयमा राजदुत दीपकुमार उपाध्याय र दुतावासका कर्मचारीहरुबीचमा समन्वयको अभाव तथा केही प्रक्रियागत विमतिका कारण महोत्सव अनिश्चित भएको हो ।
उपाध्यायले महोत्सवको आयोजना गर्ने प्रतिबद्धता पटक पटक व्यक्त गर्दै आएका छन् । नेपालको पर्यटन तथा कला शैलीको प्रर्वद्धन एवं प्रचारप्रसार गर्ने उद्धेश्यले सो महोत्सवको आयोजना गर्ने तयारी भएको
थियो । स्रोतका अनुसार पछिल्लो समयमा समन्वयको अभावका कारण दुतावासका अन्य कामसमेत प्रभावित हुन थालेका छन् । विभिन्न विषयमा राजदूत र उच्च अधिकारीबीच समन्वय अभाव तथा विमतीका कारणले बेला वेला
दुतावासको कामलाई समेत असर गर्न लागेको जानकारी कर्मचारीले दिए । महोत्सवको तयारीका लागि दुतावासले एउटा कन्सलटेन्सी कम्पनीलाई अवधारणा तयार पार्न जिम्मा दिइसकेको थियो । कम्पनीले पटक पटक
महोत्सवको वारेमा दुतावासमा प्रस्तुती समेत गरेको थियो, जसका लागि दुतावासले पैसा समेत तिर्नुपर्ने हुन्छ । दुतावासका एक कर्मचारीले महोत्सव आयोजनाका लागि १० लाख रुपैयाँमात्र जुटेको र त्यो
पर्याप्त नभएकाले स्रोत जुटाउन केही समय लाग्ने बताए । तर अर्का एक अधिकारीले भने महोत्सवका लागि बजेट पर्याप्त जुट्ने र समस्या नहुने बताए । दुतावासका मिनिष्टर इकोनोमिक कृष्णहरि पुष्करले केही
कानुन प्रक्रिया पूरा हुन बाँकी रहेको, तर महोत्सव गर्ने विषयमा एकमत नै रहेको दाबी गरे । ‘नेपालको प्रचलित सार्वजनिक खरिद ऐन तथा आर्थिक प्रशासनसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्न पहिला तोकिएको
समयमा महोत्सव सम्पन्न गर्न कठिन भएको छ । यसलाई सकेसम्म चाँडो तार्किक निष्कर्षमा पुर्याउन दुतावास सरोकारवाला निकायहरुसँग परामर्श गरेर अगाडी बढ्ने कामलाई थप जोडतोडका साथ अगाडि बढाउँदैछ,’
पुष्करले भने । दोस्रोपटक राजदुत भएर आएपछि उपाध्यायले हरेक वर्ष महोत्सव आयोजना गर्ने उद्धेश्यका साथ यस अवधारणलाई अगाडी बढाएका थिए । दुतावासले नेपाल पर्यटन वोर्डसंग समेत त्यसबारेमा छलफल गरेको
थियो । दुतावासका प्रवक्ता हरि ओडारीले महोत्सव आयोजना गर्ने विषयमा निर्णय नभइसकेको वताए । ‘मार्चभित्र गर्न सकिएन भने मौसमका कारणले खुला ठाउँमा महोत्सव गर्न गाह्रो हुन्छ’ उनले भने । प्रकाशित :
माघ २८, २०७३ १०:५९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना
प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं,
नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com