विदेशी हाउजिङमा स्वदेशी व्यवस्थापन

विदेशी हाउजिङमा स्वदेशी व्यवस्थापन

Play all audios:

Loading...

काठमाडौ — सिई समूहअन्तर्गतको कोल्याबोरेटिभ इन्डेभरले कतारको दोहामा एक हाउजिङ योजनाको व्यवस्थापन लिएको छ । <?xml encoding="UTF-8"??> कतारको इन्टरनेसनल प्रोजेक्ट डेभलपमेन्ट


कम्पनी -आइपिडिसी) का लागि सिइले काम सुरु गरेको हो । नेपालमा हाउजिङ क्षेत्रको अनुभवका आधारमा कम्पनीले सहकार्य सुरु गरेको जनाइएको छ । 'गुणस्तरका कारण हामीले बाहिरी बजारमा पनि अवसर पाउँदै


गएका छौं,' समूहका अध्यक्ष विजय राजभण्डारीले भने, 'अन्य मुलुकमा पनि यस्तै योजनामा सहकार्य गर्ने काम अघि बढेको छ ।'अन्तर्राष्ट्रिय बजारमा हाउजिङ व्यवस्थापनको कामसँगै निर्माण,


परामर्श, हाउजिङ, शिक्षा, बैंकिङ लगायत क्षेत्रमा फैलिएको समूहले छिट्टै स्वास्थ्य, सेवा, जलविद्युत् र पर्यटन क्षेत्रमा पनि लगानी गर्ने भएको छ । १ अर्ब लगानी रहेको ग्रान्डी इन्टरनेसनल हस्पिटलको


निर्माण सुरु भइसकेको छ । धापासीमा निर्माणाधीन अस्पताल २ सय शय्याको हुनेछ । '५ सय शय्या पुर्‍याएर नर्सिङ इन्स्िटच्युट हुँदै मेडिकल कलेजसम्म सञ्चालन गर्ने योजना बनाएका छौं,' उनले


भने । समूहले जलविद्युत् क्षेत्रमा समेत लगानी गर्ने योजना बनाएको छ । यसका लागि प्रारम्भिक अध्ययन भइरहेको उनले बताए । २०१२ सम्ममा जलविद्युत्को पहिलो योजना सार्वजनिक गर्ने तयारी समूहको छ ।


समूहको लगानी रहेको एस इन्स्िटच्युट अफ म्यानेजमेन्टबाट पर्यटन क्षेत्रमा लगानी गर्ने राजभण्डारीले बताए । 'आन्तरिकका साथै विदेशी पर्यटकलाई लक्षित गरेर हामी ससाना लगानी गर्ने योजनामा


छौं,' उनले भने, 'होटल खोलेर भन्दा ससाना पर्यटक लक्षित सेवा सुरु गर्न हामी ऋण दिनेछौं ।' यस्तो सेवा सुरु भएपछि ऋणीले कम्पनीलाई सेयर वा ऋण फिर्ता गर्न सक्ने दुवै विकल्प राखिने


उनले बताए । गुणस्तर मापनका लागि समूहले ल्याब स्थापना गर्ने तयारी गरेको छ । सुरुमा काठमाडौंमा खोलिने ल्याबबाट ग्राहकले निःशुल्क सेवा पाउने उनले बताए । 'ग्राहकलाई गुणस्तर मापन गर्न समस्या


छ,' राजभण्डारीले भने, 'हामीले राष्ट्रियस्तरको निःशुल्क ल्याब सञ्चालन गर्नेछौं ।' कम्पनीले हाल उपत्यकामा १३ अर्ब लगानी रहेको ७ हाउजिङ योजना निर्माण गरिरहेको छ । यसका साथै


धापासीमा अस्पताल निर्माण हुने क्षेत्र नजिकै व्यावसायिक भवन र अफिस कम्प्लेक्स बनाउने तयारी गरेको छ । '४ किलोमिटर क्षेत्रमा करिडर नै निर्माण गर्दै छौं,' उनले भने, 'उक्त


क्षेत्रकै विकासका लागि योजना बनाएका छौं ।' कम्पनीले सधै सरोकारवालासँग मिलेर काम गर्दै आएको राजभण्डारी बताउँछन् । क्षेत्र विस्तारसँगै सामाजिक प्राविधिक विकासका काम अघि बढाउने उनले बताए ।


'सोसियो टेक्नो डेभलपमेन्ट हाम्रो कम्पनीको मुख्य लक्ष्य हो,' राजभण्डारीले भने । हाउजिङ व्यवसायसँग सम्बन्धित इन्टेरियर, सामान आयात, परामर्श सेवालगायत क्षेत्रमा समूहले कम्पनीहरू


सञ्चालन गरिरहेको छ । 'हामी पब्लिक लिमिटेडको मोडलमा प्राइभेट कम्पनी सञ्चालन गरिरहेका छौं,' उनले भने ।समूहबारेसमूहको स्थापना 'डी' वर्गको निर्माण कम्पनीबाट भएको राजभण्डारी


बताउँछन् । स्तरोन्नतिसँगै समूहले हाउजिङ व्यवसाय सुरु गरेको थियो । १९ वर्ष पुरानो कम्पनी समूहले हाउजिङ व्यवसायसँग सरोकार भएका विभिन्न क्षेत्रमा लगानी गरेको छ । सिई कन्सट्रक्सन, सिई सर्भिसेज,


सिई ओभरसिज, सिडी डेभलपर्स, सी प्लस, सिपी इन्टेरियर्स, एगि्रमेट प्रालि, एस इन्स्िटच्युट अफ म्यानेजमेन्ट, भिबोर विकास बैंक र ग्रान्डी इन्टरनेसनल हस्पिटलमा समूहले लगानी गरेको छ । प्रकाशित :


मंसिर २४, २०६७ ०८:३४ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज


पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु


सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com