
राहतमा विभेदको आरोप
Play all audios:
बाँके — राप्तीपारकिा मटेहिया र गंगापुरका बाढीपीडित राहतमा विभेद भएको भन्दै विरोधमा उत्रिएका छन् । उनीहरूले सरसफाइ सामग्री नपाएको गुनासो गरे । प्रशासनलाई दबाब दिन स्थानीयवासीले गाविस
कार्यालयसमेत घेराउ गर्दै आएका छन् । <?xml encoding="UTF-8"??> ‘अरू ठाउँका बाढीपीडितलाई खाने पानी शुद्ध पार्ने फिल्टर, भाँडाकुँडा र सरसफाइका सामान वितरण गरियो । तर, हामीले
अझैसम्म केही पाएक छैनौं,’ गंगापुर ४ का स्थानीय रामप्रसाद यादवले भने, ‘सबै ठाउँका जनता समान हुनुपर्छ तर राहतमा हामीलाई विभेद गरिएको छ ।’ राहत नभएको भन्दै त्यहाँका बाढीपीडितले नेपालगन्जबाट
पुगेका सरकारी अधिकारी र क्षेत्र नम्बर २ का सांसद दिनेशचन्द्र यादवदलाई घेराउको प्रयास गरेका थिए । उनीहरूले जनतालाई समान व्यवहार गर्नुपर्ने माग गर्दै केहीबेर नाराबाजी गरे ।बाढी प्रभावित
क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गएको भन्दै झुलको अत्यधिक माग रहेको सचिव खाँले बताए । जिल्ला जस्वास्थ्य कार्यालयका अनुसार स्थानीयको मागलाई संघसंस्थासम्म पुर्याउने प्रयास गरिएको छ ।
प्रकाशित : भाद्र ७, २०७३ १८:५३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको
आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी
लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com