बेलायती अभिनेतृले गरिन् विद्यालय उद्घाटन

बेलायती अभिनेतृले गरिन् विद्यालय उद्घाटन

Play all audios:

Loading...

म्याग्दी — बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिक्टोरिया क्रस -भिसी) विजेता तुलबहादुर पुनको सम्झनामा निर्मित विद्यालय भवनको बेलायती अभिनेतृ तथा गोर्खाज अधिकारकर्मी जोहान लुम्लेले उद्घाटन


गरेकी छन् । <?xml encoding="UTF-8"??> उद्घाटनमा अर्का बेलायती भिसी विजेता माइकल अलमन्डकी भान्जी एलिजावेथ अलमन्ड र एन अलमन्ड तथा पुनकी श्रीमती पुनीसराको उपस्थिति थियो । यसअघि


लुम्लेसहितका व्यक्तित्व कालिगण्डकी किनारस्थित भिसी पुनको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गरेका थिए । भिसी विजेता पुनको इच्छाअनुसार बेगखोला, ९ तिप्ल्याङस्थित कालिका निमाविको १० कोठे पक्की


भवन उद्घाटनका लागि लुम्लेसहितको समूह मंगलबार बिहान हेलिकप्टरमा आएको हो । पुनको वाषिर्क पुण्यतिथिका अवसरमा तुलबहादुर पुन मेमोरियल ट्रस्टको संयोजनमा गोर्खा वेलफेयर स्किमको आयोजनामा भवन


उद्घाटन भएको हो । 'मेरा बुबा तुलबहादुरसँगै एकै युद्धभूमिमा बहादुरीपूर्वक लडेका थिए,' लुम्लेले भनिन्, 'पुनको शिक्षा, खानेपानीलगायत सामाजिक सेवाको क्षेत्रमा लगानी गर्ने अन्तिम


इच्छामा सहयोग पुर्‍याउन बुबाको पनि सम्मान भएकाले विद्यालय बनाइएको हो ।' उनले यहाँका बालबालिकाको अनुहार सधंै उज्यालो बनाउन प्रयत्न गर्ने बताइन् । बेलायत अधिनस्थ भारतीय सेनाको सिक्स


गोर्खा राइफल्सबाट २३ जुन १९४४ मा बर्माको मकाउ रेल्वे पुलमा जापानी सैनिकसँगको भीषण युद्धमा घाइते भएर पनि युद्ध जितेकाले तुलबहादुरलाई भिसी पदक दिइएको थियो । उक्त युद्धमा घाइते कमान्डर जेम्स


लुम्लेलाई पुनले विशेष स्याहार गरी बचाएका थिए । अर्का योद्धा माइकल अलमन्डको मृत्यु भएको थियो । माइकललाई मरणोप्रान्त भिसी दिइएको थियो । 'युद्धभूमिमा लड्दालड्दै सहादत प्राप्त गरेका हाम्रा


मामा माइकल अलमन्डसँगै लडेर भिसी विजेता पुनको परिवारसँग सहकार्य गर्न पाएका छौंं,' अलमन्ड दिदीबहिनीले भने, 'विद्यालय निर्माणबाहेक २ शिक्षकलाई तलब जुटाउन बेलायत र अस्ट्रेलियामा ट्रस्ट


खोलेका छौं ।' भविष्यमा पनि सहयोग निरन्तर जारी रहने उनीहरूले बताए । युद्धभूमिमा आपmना बुबालाई बचाएकाले भिसी विजेता तुलबहादुरको परिवार तथा गोर्खाजको अधिकारका लागि सक्रिय अभिनेतृ लुम्ले र


सोही युद्धमा मामा गुमाएका अलमन्ड परिवार यहाँको विकासमा सक्रिय छ । भिसी विजेता पुनले भारतीय सेनाबाट अवकाश लिएर गाउँ फर्केपछि सन् १९६६ मा कालिका प्राथमिक विद्यालय -हाल कालिका निमावि) को


स्थापना गरेका थिए । ४८ लाखको लागतमा भवन बनेको हो । त्यसमा १० प्रतिशत स्थानीयबासीले श्रमदान गरेका थिए । ट्रस्ट अध्यक्षसमेत रहेका जेठा छोरा अर्जुनका अनुसार लुम्लेसँगको सहकार्यमा वेलफेयर


स्किममार्फत सहयोग जुटेको हो । 'हामी भिसी पुनको जन्मभूमिका सडकलाई 'भिसी मार्ग' नामकरण गर्न चाहन्छौं,' उनले भने, 'सहयोगका लागि सबैसँग आग्रह गर्छौं ।' पुख्र्यौली


थलोमा विद्यालय भवन निर्माण गरी मर्ने इच्छाअनुसार लामो बेलायतको बसाइ छाडेर गाउँ फर्केका भिसी पुनको गत वर्ष वैशाख ८ गते ९२ वर्षको उमेरमा पुख्र्यौली घरमा मृत्यु भएको थियो । उनी विसं १९६२ फागुन


२१ मा बेगखोला, ८ बान्दुकमा जन्मिएका थिए । भिसी पुनका बाबु करविर तिलिजाले समेत प्रथम विश्वयुद्धमा बेलायत अधीनस्थ भारतीय सेनाको तर्फबाट प|mान्समा लडेका थिए । यो युद्धमा पुन एक्लैले जापानी


सैनिकलाई परास्त गरी २ हल्का मेसिनगनसहित थुप्रै हतियार कब्जा गरेका थिए । उनलाई यो पदक दिल्लीको लालकिल्ला लर्ड ओभेलमा विशेष कार्यक्रमसहित १ जनवरी १९४५ मा दिइएको थियो । प्रकाशित : वैशाख ६, २०६९


०८:४८ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो ।


नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना


कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com