
'चाँडो स्थानीय निर्वाचन मिति तोकियोस्'
Play all audios:
काठमाडौं — सत्तारुढ कांग्रेस नेता रामशरण महतले चाँडो स्थानीय चुनावको मिति तोक्न सरकारसँग माग गरेका छन् । शनिबार नुवाकोट महोत्वसमा उनले भने, ‘चाँडोभन्दा चाँडो स्थानीय निर्वाचनको मिति तोकियोस्
।’ <?xml encoding="UTF-8"??> सत्तारुढ कांग्रेस नेता रामशरण महतले चाँडो स्थानीय चुनावको मिति तोक्न सरकारसँग माग गरेका छन् । शनिबार नुवाकोट महोत्वसमा उनले भने, ‘चाँडोभन्दा
चाँडो स्थानीय निर्वाचनको मिति तोकियोस् ।’ नयाँ संरचनामा जाँदा समस्या आउन सक्ने आशंका गर्दै उनले स्थानीय निर्वाचन गर्दा उपयुक्त हुने धारणा व्यक्त गरे । पुरानै संरचनामा स्थानीय निर्वाचन नगरी
सुख नहुने नेता महतको दाबी छ । २० वर्षदेखि गाउँमा सचिवको भरमा कामकारबाही चलेको भन्दै उनले गाउँमा जनप्रतिनिधि नहुँदा विकृति र विसंगति आएको उनले बताए । जनप्रतिनिधिको अभावमा विकास निर्माणमा
पारदर्शिता नहुँदा बजेट दुरुपयोग भएको पनि उनले बताए । ‘स्थानीय तहमा पनि जनताले निर्वाचित गरेको प्रतिनिधिले प्रशासन चलाउनु पर्छ', उनले भने, ‘उनीहरुको नेतृत्वमा विकास निर्माण सञ्चालन
हुनुपर्छ ।’ सरकारले स्थानीय निर्वाचनको तयारी भनेर मात्र नपुग्ने भन्दै नेता महतले प्रश्न गर्दै भने, ‘स्थानीय निर्वाचनको मिति तोकिनु पर्यो । मिति नतोकी तयारी मात्र भनेर निर्वाचन धकेल्न
खोजिएको हो कि भ्रम सिर्जना गर्न ?’ प्रकाशित : माघ २२, २०७३ १६:५५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो
पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर
पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com