फोकस आउट : जीवनको लय

फोकस आउट : जीवनको लय

Play all audios:

Loading...

भक्तपुरलाई संस्कृतिको धनी सहर मानिन्छ  । यहाँका कलाकौशल, धार्मिक सम्पदा नै त्यस्ता चीज हुन् जसमा भक्तपुरले सास फेर्छ  । <?xml encoding="UTF-8"??> यसैले काठमाडौं घुम्न आउने


पर्यटकलाई पनि नयाँ अनुभव र ऊर्जा दिन्छ । उपत्यकाको निकै पुरानो सहर भक्तपुर यहाँका बासिन्दाको जीवनशैलीका लागि पनि चर्चित छ । कतै पुरानै शैली जोगाइरहेका त कतै बदलिँदो दुनियाँको नयाँ शैलीमा


ढलेको । असारको एक बिहान भने मैले एकै फ्रेममा फरक उमेर समूहका भक्तपुरवासीलाई भेटें । उमेर ढल्किएपछि घाम ताप्दै दिन बिताउन बसिबियाँलो गरिरहेका वृद्ध बसिरहेका थिए भने एक महिला पिठ्युँमा बालक


बोकी गन्तव्यतिर हतारिँदै थिइन् । मेलापात जान हिँडेकी महिला र स्कुल जाने हतारोमा रहेकी किशोरी । नियालेर हेर्ने हो भने यो तस्बिरमा जीवनका विभिन्न चरण मात्र होइन, फरक जीवन नै भेटिन्छ भन्ने मलाई


लाग्छ । प्रकाशित : भाद्र १४, २०७६ ११:४५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,


मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस


पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com